सर्वदलीय बैठकमा प्रधानमन्त्रीकाे प्रस्ताब- प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाम

khabarwave
३ चैत्र २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय   बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसद्ले निकास नदिने भन्दै प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्रीले ‘यो संसदले निकास दिन सकेन, संसद् विघटन गरौं । निर्वाचनबाटै समस्याको समाधान खोजौं’ भन्ने धारणा राखेका एक नेताले जनाए । यसअघि पनि आफूले निकास ननिस्किने देखेर नै संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति थियो । तर ओलीको कुरालाई दुई मिनेटमै काटेका प्रचण्डको भनाइ थियाे ‘यस्ता कुरा यहाँ नगर्नुस्। हामी यस्ता कुरा सुन्न आएका होइनौं। राष्ट्रपतिज्यूले किन बोलाउनुभएको हो, त्यता लागौं।’

बैठकमा सहभागी जनतामा समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति विमलेन्द्र निधिले राष्ट्रपति भण्डारीको भूमिका तटस्थ हुन नसकेको भनेर उनकै सामू आलोचना गरेका थिए । र, नेताहरुले राष्ट्रपति भण्डारीको यही चैत्र ९ र १० गते हुने बंगलादेशको दुई दिने भ्रमणको सफतालको शुभकामना दिएका थिए ।

Loading spinner