सरकार सञ्चालन प्रभावकारी ढङ्गले सञ्चालन गर्ने पाँच दलीय गठबन्धनकाे निर्णय

khabarwave
१० श्रावण २०७८

काठमाण्डाै ।  सरकार सञ्चालन प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निर्णय भएको हो। प्रधानमन्त्री निवासमा शनिबार साँझ भएको बैठकमा पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदैसहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएकाे हाे ।

शीर्ष नेताहरूकाे बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा समेत छलफल भएपनि कुनै ठाेस निर्णय भने नभएकाे बताइएकाे छ ।

देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा पहिलो पटक बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेको थिए। प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा चार नेता सरह सोफामा बसेका थिए।

साे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीकाे सहभागीता थियो।

नेपाल देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक आज गठबन्धन बैठकमा सहभागी भएका हुन्।

 

 

Loading spinner