सचिव बढुवामा राेलक्रम मिचियाे, सिडियाे शैलीमा सचिबले लिए बिदाई , उद्योगमा जान भट्टराई र ज्ञवालीकाे प्रतिस्पर्धा

khabarwave
५ माघ २०७७

काठमाण्डाै ।    नेपाल सरकार, मन्त्रिपरिषदकाे बैठकले सहसचिव एंव लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणी सुवेदीलाई सचिवमा बढुवा गर्दै लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । सचिवमा बढुवा भई प्रमुख सचिवमा पदस्थापना भएका सुवेदी लुम्बिनी प्रदेशका  प्रमुख सचिव तोयानारायण ज्ञवाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरूवा भएपछि  निमित्त प्रमुख सचिव भएर काम गरिरहेका थिए ।

लोक सेवाका सचिव आनन्द ढकालकाे  पुष २० गते अनिवार्य अवकाश भएपछि रिक्त सचिब पदमा बढुवाकालागि  बढुवा सिफारिश समितिले    सहसचिव सुमन अर्याललाइ एक नम्बरमा, दोस्रोमा सुवेदी र तेस्रोमा मुकुन्द पौडेलको नाम सिफारिस गरेकाे थियाे ।तर प्रणालीलाई मिचेर मन्त्रिपरिषदकाे बैठकले सहसचिव भरतमणि सुवेदीलाई सचिव बनाएकाे छ । उता माघ ७ गते अनिबार्य अबकाश हुने भएपनि पेन्सनमा केहि रकम बृर्दिकाे लाेभले एक साता अगाबै राजिनामा दिएका उद्योग सचिब चन्द्रकुमार घिमिरेकाे आइतबार उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालयले बिदाइ गरेकाे छ । राजिनामा दिनुअघि सुनसरी र माेरङ पुगेर र राजिनामा दिएपछि पनि पाेखरा पुगेर माताहातका कार्यलयबाट  सिडियाे शैलीमा बिदाइ लिएका घिमिरेकाे अबकाशसगै साे ठाँउमा जानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ताेयानारायण ज्ञवाली  र प्रदेश न. १ का प्रमुख सचिब दिनेश भट्टराइले प्रतिस्पर्धा बढाएका छन ।

Loading spinner