सचिव बढुवा सिफारिस, ३ सहसचिबकाे कडा प्रतिस्पर्धा

khabarwave
२४ मंसिर २०७७

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले इन्जिनियरिङ सेवातर्फ रिक्त एक सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा  बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सह सचिवहरू मणि राम गेलाल, प्रमिला देवी शाक्य बज्राचार्य र सुशील बाबु तिवारीको नाम सिफारिस गरेको हो । सचिवका लागि सिफारिस गरिएका तीन सहसचिवमध्ये गेलाल सहरी विकास तथा भवन निर्माण विभाग र शाक्य रेल विभागका महानिर्देशक हुन् भने तिवारी प्रदेश नम्बर ५ स्थित भौतिक पूर्वाधार मन्त्रालयका सचिवको रुपमा कार्यरत छन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीन मध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

 

Loading spinner