सक्रिय संक्रमित बढे फेरि लकडाउन हुने

khabarwave
७ आश्विन २०७७

काठमाडौं। स्रोत र साधनले धान्नै नसक्ने गरी कोरोना संक्रमणका केसहरु लगातार बढे फेरि लकडाउन गर्न सिफारिस गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए फेरि लकडाउन लगाउनुपर्ने निष्कर्ष निकालेको उनले जानकारी दिए। उनले सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा धेरै अहिलेको पूर्वाधारले धान्न नसकिने बताए। उनले बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको जानकारी दिए।

Loading spinner