संसदीय सुनुवाई कर्मकाण्डीमात्र -छलफल गरेकै दिन प्रस्तावित तीन राजदूतकाे नाम अनुमोदन

khabarwave
२५ भाद्र २०७७

काठमाडौं । सरकारले सिफारिस गरेका तीन जना प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।बिहीबार सुनुवाई समितिले प्रस्तावित राजदूतउपर परेको उजुरीबारे उनीहरुसँग छलफल गरेको थियो । प्रस्तावित राजदूतउपर ५ वटा उजुरी परेको थियो । जसमध्ये एउटा बेल्जियमका लागि सिफारिस भएका गेहेन्द्र राजभण्डारीविरुद्ध रहेको छ भने ४ वटा उजुरी किटानीविनाका छन् ।

सिफारिस गरेका जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि  राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएको हो । अब उनीहरुले राष्ट्रपतिबाट नियुक्ति पाउनेछन् ।

सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारले राजदूत सिफारिसमा समानुपातिक समावेशी सिद्धान्त अवलम्बन नगरेकामा भने विशेष ध्यानाकर्षण गराएको बताए । ‘यसअघि पनि राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा नियुक्ति गर्न निर्देशन दिएका थियौ, त्यस अनुसार भएको छैन, यस विषयमा सरकारको विशेष ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

 

Loading spinner