
संसदीय सुनुवाइ विना नै नियुक्त संवैधानिक निकायका पदाधिकारीहरू काे-काे हुन ?
काठमाडौं । लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिश गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरेकी हुन । संवैधानिक परिषदले सिफारिश गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको भन्दै उनीहरुको सीधै नियुक्ति भएको हो ।
गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिश गरेको थियो ।