संसद बिघटनपछि पहिलाे पटक राष्ट्रपतिले बाेलाइन सर्वदलीय बैठक

khabarwave
२ चैत्र २०७७

काठमाडौं । राजनीतिक समस्या जटिल बनिरहेकाे अबस्थामा राष्ट्रपति विद्यादेवी भण्डारी ले सर्वदलीय बैठक बोलाएकी छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन ।बैठकमा संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

उता नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् ।माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको दाबी छ ।

 

 

Loading spinner