संवैधानिक परिषद्को बैठक डाकियाे

khabarwave
२९ मंसिर २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।आइतबारको बैठकमा प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले सोमबार देशव्यापी हुने आन्दोलनका कारण उपस्थित हुन नसक्ने जनाएपछि मंगलबारका लागि बैठक तय भएको थियो । यसअघि आइतबारका लागि बोलाइएको बैठक भने प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेको थिएन । गणपुरक संख्या नपुगेपछि संवैधानिक परिषद्को आइतबार बोलाइएको बैठक स्थगित भएको हाे । मंगलबार बिहान बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनामात्रै उपस्थित भएपछि आवश्यक संख्या नपुगेको हो ।देउवा र सापकोटा नआएपछि प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच केही बेर अनौपचारिक कुराकानी भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतमा ४५ पद रिक्त छन् ।

 

 

Loading spinner