संविधानसभाका अध्यक्ष नेम्वाङको भिडियो भाइरलः अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्

khabarwave
२२ पुष २०७७

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं सत्तारुढ नेकपा (ओली समूह) का नेता सुवासचन्द्र नेम्वाङको‘रीस उठ्यो भन्दैमा प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था हामीले हटायौं , अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन् र  हामीले संविधानमा त्यो व्यवस्थै राखेनौं  भन्ने एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सार्वजनिक रुपमा बोलन आँट नगरे पनि कतिपय अनौपचारिक भेटघाटहरुमा नेम्वाङले संसद विघटन गर्ने ओलीको कमदप्रति आफू असमत रहेको बताएका छन् ।

संसद विघटनबारे नेम्वाङले अहिलेसम्म सार्वजनिकरुपमा केही बोलेका छैनन । नेम्वाङको यो भिडियो २०७६ साल साउनको हो । काभ्रेको धुलिखेलस्थित होटलमा ०७६ साउनमा आयोजित कार्यक्रममा नेम्वाङले पत्रकारहरुलाई प्रशिक्षण दिँदै अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बुझन् र सोही अनुसार समाचार लेख्न भनेका थिए ।नेम्वाङले प्रधानमन्त्रीले रीस उठ्यो भन्दैमा संसद विघटन गर्न नपाउने र मध्यावधि चुनावको व्यवस्था नै संविधानले नगरेको नेम्वाङले सो भिडियोमा बताएका छन् ।

 

Loading spinner