
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ मेडिकल संस्था खारेजीमा
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ मेडिकल संस्थालाई धरौटी नबुझाएकोले खारेज गरेको जनाएकाे छ ।
स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त गरेको मेडिकल संस्थाले श्रम मन्त्रालयमा धरौटी राखेर सूचीकरण भएपछि मात्रै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न पाउनेछ । वैदेशिक रोजगार ऐन संशोधन भएपछि मेडिकल संस्थाले धरौटी बापत ५ लाख रुपैयाँ राख्नुपर्छ । त्यसअघि दुई लाख रुपैयाँ थियो । वैदेशिक रोजगार नियमावली संशोधन भएपछि तीन महिनाभित्र नपुग धरौटी राख्नका लागि मन्त्रालयले सूचना जारी गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कानुन बमोजिमको निर्धारित समयभित्र नपुग धरौटी बापतको रकम नबुझाएको र पेस गरेको सफाइ समेत सन्तोषजनक भएको देखिएको भन्दै खारेज गरेको हो ।