शैक्षिकसत्र पूरा गरेरै छाड्ने शिक्षामन्त्रीकाे उद्घाेष

khabarwave
१७ भाद्र २०७७

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्यांकन र परीक्षाको अभिन्न अंग बनाउने बताएका छन्। उनले वैकल्पिक सिकाइका लागि नेपाल सरकार अन्तर्गत छुट्टै डेडिकेटेड टेलिभिजन खोल्ने सोच पनि अघि सारेका छन् ।साथै उनले कुनै पनि तहको शैक्षिक सत्र खेर जान नदिने बताएका छन् ।

सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीसँगको भर्चुअल बैठकमा बुधबार अन्तर्क्रियामा सहभागी हुँदै मन्त्री पोखरेलले पाठ्यभार घटाएर भएपनि पूर्व निर्धारित समयावधिभित्रै शैक्षिकसत्र पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले ब्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव लगेको , त्यस्तो टेलिभिजनले विहान माध्यमिक तहलाई, दिउँसो आधारभूत तहलाई र साँझ विश्वविद्यालय तहलाई सिकाइने यस्तो प्रस्तावमा प्रधानमन्त्री पनि सकारात्मक रहेको समेत जानकारी दिएका छन । भर्चुअल अन्तरक्रियामा अनेरास्ववियूका  ३१ जना विद्यार्थी नेता सहभागी थिए ।

अन्तर्क्रियामा विद्यार्थी नेताहरुले जसरी भए पनि शैक्षिक सत्र जोगाउन, वैकल्पिक सिकाइको पुनरावलोकन गरी थप प्रभावकारी बनाउन, अवरुद्घ परीक्षा वैकल्पिक विधिवाट संचालन गर्न माग  गरेका थिए ।

Loading spinner