शेर्पा भाषामा पहिलो पटक अधिबेशन हुँदै

khabarwave
१२ कार्तिक २०७७

काठमाण्डाै ।  शेर्पा संघ बेलायतले शेर्पा भाषामा पहिलो पटक अधिबेशन गर्ने भएको छ ।
विश्व शेर्पा संघ (जम्बुलिङ शेर्वी छोक्पा) का अध्यक्ष  आङ दोर्जी लामा शेर्पाकाे प्रमुख आथित्यमा शेर्पा संघ बेलायतले १५ नोभेम्बर २०२०(कार्तिक ३० गते ) आईतबारको दिन ८औं बिशेष अधिबेशन  भर्चुअल प्रबिधी मार्फत हुन गईरहेका शेर्पा संघ बेलायतका महासचिव रिन्जी शेर्पा लामाले जानकारी दिनुभएकाे छ ।
यस अधिबेशनमा विश्वका सबै संघ र किदुगलाई निमन्त्रणा गरिएकाे र  सम्पूर्ण महानुभावहरूलाई शेर्पा भाषामा मन्तव्य राखी दिन अनुराेध गरिएकाे महासचिव  लामाले बताउनुभएकाे छ ।  कार्यक्रम शेर्पा भाषामा सन्चालन हुनेछ ।
बन्द सत्र र निर्वाचनमा शेर्पा संघ बेलायतका सदस्य मात्र सहभागि हुनेछन् । यस कार्यक्रम प्रत्यक्ष प्रसारण गरिने छैना।

Loading spinner