शुल्क तिर्नेकोमात्रै उपचार हुने कुरा सत्य नभएको अस्पतालकाे दाबी

khabarwave
१७ कार्तिक २०७७

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोना संक्रमितको उपचारका लागि शुल्क तोकिएको बारेमा स्पष्टिकरण दिदै बाहिर चर्चा भएजस्तै शुल्क तिर्नेको मात्रै अस्पतालमा उपचार हुने कुरा सत्य नभएको जानकारी दिएको छ।

हालसम्म शुल्क अभावमा कुनैपनि बिरामीलाई उपचारबाट वञ्चित नगराइएको टेकु अस्पतालले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशन अनुसार भर्ना हुन आउने संक्रमित बिरामीसँग धरौटी रकम नलिन सम्बन्धित शाखालाई पत्रचार गरिएको पनि अस्तपालले जनाएको छ ।

बिना शुल्क कोभिड–१९ संक्रमितको उपचार नै नगरिने भन्ने भ्रममा नपर्न अस्पतालले आग्रह गरेको छ ।आईसीयू र आइसोलेसनमा भर्ना हुने बिरामीहरुको सशुल्क उपचार सम्बन्धी यसिअघि जारी सूचना र त्यसका आधारमा सञ्चार माध्यम आएका समाचारले आम नागरिकमा भ्रम उत्पन्न गरेको अस्पतालले जनाएको छ ।

शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीहरुको निःशुल्क उपचार गर्ने सरकारको नीति बमोजिम नै उक्त सूचना जारी गरिएकोअस्पतालले दावी गरेको छ ।

Loading spinner