
विधिमा नचल्दा पार्टी ध्वस्त भयो : झाँक्री
काठमाडौं । नेकपाभित्रको गुटगत विवाद झाँगिएर प्रदेश हुँदै स्थानीय तहसम्म पुगिसकेको छ । केन्द्रको विवाद चर्किका बेला आफ्नो स्वार्थ पूरा गर्न नेताहरुले कर्णालीलाई शिकार बनाए । पार्टी अध्यक्षद्वयको फरक फरक निर्देशन र परिपत्र सार्वजनिक भएपछि युवा नेताहरु त्यसमाथि बहसमा उत्रिएका छन् । यसै सिलसिलामा नेकपा नेतृ एवं संघीय सांसद रामकुमारी झाँक्रीले ट्वीटमा लेखेकी छिन्- पार्टीमा ठूलो विचलन छ भनेर मैले भन्दै आएको छु।पार्टीलाई विधिमा चलाउनुस,लोकतन्त्र भनेको संवाद हो भनेर बारम्बार भन्दै आएका छौं।जुन पत्र कार्यन्वयन भए पनि पार्टी जीवन ध्वस्त छ,अराजकताको यो पराकाष्ठ हो। पार्टीमा जीवन छैन।तर जीवन कसरी भर्ने?सायद जिम्मेवारी तपाई हाम्रो हो। केही गरौ।