कमल थापाकाे आक्राेश- क्रान्तिको नाममा बन्दुक बोक्न लगाउनेहरु आज कहाँ छन ?

khabarwave
२२ पुष २०७७

काठमाण्डाै   । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२ । ६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन र लगानी रहेको भन्दै त्यो बाटोबाट मुलुक दुर्घटना हुने बुझेर आफू गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको स्पष्ट पारेका छन।

हेटौंडामा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री थापाले विदेशीहरुको डिजाइन अनुसार नेपाललाई धार्मिक सांस्कृतिक उपनिवेश बनाउन धर्म निरपेक्षता लादिएको दाबी गरेका छन् । उनले क्रान्तिको नाममा बन्दुक बोक्न लगाउनेहरु आज कहाँ छन भन्दै लोकतन्त्रको नाममा ब्रम्हलुट भइरहेको भन्दै एक आपसमा सर्वसत्तावादीको आरोप प्रत्यारोप गर्ने कम्युनिस्टहरुको उत्पादन नै खराब बिउबाट भएका बताएका छन ।

 

Loading spinner