विज्ञहरुको सुझाव : उच्च मनोबल नै कोरोनाको औषधि

khabarwave
२४ आश्विन २०७७

काठमाडौं । कोरोना संक्रमण विरुद्ध औषधि पत्ता लगाउने अभियानमा विश्वका सबैजसो विकसित मुलुक दिनरात मेहनत गरिरहेका छन् । अझै पनि कोरोनाको औषधि पत्ता लागि सकेको छैन । तीन चार चरणको परीक्षण पास गरेका थुप्रै औषधि तयार भए पनि कोरोनाका लागि प्रभावकारि हुने भन्दै विश्व स्वास्थ्य संगठनले अहिलेसम्म कुनै पनि भ्याक्सिनलाई अनुमति दिएको छैन । यो अवस्थामा कोरोना विरुद्धको सबैभन्दा ठूलो औषधि नै उच्च मनोबल भएको वरिष्ठ चिकित्सक डा. भोला रिजालले बताउनुभएको छ ।

युवा समूह कम्पासद्वारा आयोजित भर्चुअल छलफलमा बोल्दै डा. रिजालले कोरोना संक्रमितहरुको उपचार नै उच्च मनोबल भएको र यसका लागि परिवार र समाजको ठूलो सहयोग आवश्यक रहेको बताउनुभएको छ । म एक्लै छु भन्ने अनुभूतिबाट संक्रमितलाई मुक्त बनाउन सके कोरोनालाई सहजै पछार्न सकिने उहाँको भनाई छ ।

यस्तो अवस्थामा साथीभाई, इष्टमित्र तथा शुभचिन्तकहरुको आशिर्वादले समेत मनोबल उच्च हुने डा. रिजालको भनाई थियो । डा. रिजाल र उहाँकी धर्मपत्नी शरला रिजाल केही समय अघि कोरोना संक्रमणबाट मुक्त हुनुभएको थियो । समाज, परिवार र शुभचिन्तकले कोरोना संक्रमितलाई हेला नगरौं, सबै मिले कोरोनालाई जित्न सकिने उहाँको भनाई थियो ।

त्रिभुवन विश्वविद्यालय भूगोल विभागमा आवद्ध डा. रञ्जनकुमार दाहालले कोरोना विरुद्धको लडाइँमा सबैको भूमिका हुने बताउनुभएको थियो । अहिलेको अवस्थाका अनुसन्धान गरिहरनुभएका डा. सुरज शाक्यले विभिन्न १० शीर्षकमा त्यसविरुद्धको अभियानका बारेमा प्रष्ट पार्दै धुम्रपान, मध्यपान त्याग्न सक्ने कोरोना पराजित गर्न सहज हुने बताउनुभयो ।

डा. शाक्यले अहिले सतर्क रहने तर आतंकित हुन नहुने समय भएको बताउँदै नकारात्मक सोचलाई हटाउँदै डर र चिन्ताबाट मुक्त हुन सके कोरोनाविरुद्धको लडाइँमा विजयी हुन सकिने बताउनुभएको थियो ।
कार्यक्रमको संयोजन कमलराज गोसाईले गर्नुभएको थियो ।

युवा समूह कम्पासकाे तर्फबाट कृष्णभक्त दुवालले सहभागीहरूलाइ धन्यबाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले समाजमा सकरात्मक परिबर्तन ल्याउने धारणा राख्नुभएकाे थियाे ।

Loading spinner