वामदेव राष्ट्रिय सभा सदस्य मनोनित,आजै  शपथकाे तयारी

khabarwave
१ आश्विन २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो । बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले  नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा  बामदेव गौतम, दाखाक्वाडी -१, प्यूठानलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको प्रबक्ता हरि प्रसाद दहालले जारी गरेकाे बिज्ञप्तीमा जनाइएकाे छ ।गौतमका प्रेस सहयाेगी बिश्वमणि सुबेदीले उहाँलाइ तयारी अबस्थामा बस्नु भन्न्रे खबर भएकाले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाबाट आजै  उहाँका शपथ हुन सक्ने बताए ।

Loading spinner