वाणिज्य बैंकमा साइबर हमला गर्ने धम्कीपूर्ण फोन र इमेलको छानबिन सुरू

khabarwave
८ श्रावण २०७८

काठमाडौं । राष्ट्र बैंकले केन्द्रीय बैंकसहित १५ वाणिज्य बैंकमा साइबर हमला गर्ने धम्कीपूर्ण फोन र इमेलको छानबिन सुरू भएको जनाएकाे छ । बुधबार बेलुकी प्राप्त धम्कीपूर्ण फोन र ईमेलको प्राविधिक अनुसन्धान सुरु भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको प्राविधिक विभाग र नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान विभागलाई संयुक्त रुपमा अनुसन्धानको जिम्मा लगाइएको बताइएकाे छ । केन्द्रीय बैंकको प्राविधिक टोली र प्रहरीको साइबर ब्युरोले संयुक्त रुपमा छानबिन सुरु गरिएपनि  थप नयाँ विवरण आईसकेकाे छैन ।बुधबार बेलुकी नेपाल राष्ट्र बैंक र नबिल बैंकका अधिकारीलाई १५ बैंकको प्रणाली हृयाक गरेर पैसा चोर्ने धम्की आएको थियो ।

Loading spinner