जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षाप्रति सचेत रहन आग्रह

khabarwave
१७ आश्विन २०७७

काठमाण्डाै ।   अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका-१० नं वडाले “महामारी अन्त्य: जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षा हाम्रो दायित्व” नामक एक कार्यक्रम सम्पन्र गरेको छ। कार्यक्रमको अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं-१० का वडा  अध्यक्ष नवराज भट्टराईले जेष्ठ नागरिकलाइ विश्वभर फैलिएको कोरोना महामारीबाट जोगाउन हामी सबैले आफ्-आफ्नो ठाऊँबाट प्रमुख भूमिका खेल्नु पर्ने बताउनु भयो। यसका साथै कार्यक्रममा केहि फरक प्रसङ्ग जोड्दै भट्टराईले निकट भविष्यमा वडाले जेष्ठ नागरिक ज्ञान केन्द्र समेत बनाउने योजना रहेको बताउनु भयो। उहाँको अनुसार त्यस केन्द्रमा प्रत्येक जेष्ठ नागरिकको ज्ञान सिप र बिज्ञताको भण्डारण गरिनेछ र त्यस ज्ञान सिपलाई बिध्यार्थीले खोज तथा अनुसन्धान गर्न सक्ने रिसर्च सेन्टरको रुपमा समेत बिकास गर्ने लक्ष्य समेत रहेको बताउनु भयो।

        यस्तै जेष्ठ नागरिकको योग्यता, क्षमता अनुसारको काम गर्ने बाताबरण मिलाइने तथा त्यस्ता प्रोजेक्ट बनाई कार्य गरिने र जेष्ठ नागरिकको हेरचाह गर्ने डे केयर सेन्टर तथा जेष्ठ नागरिकको रुचि अनुसारको मनोरनञ्जन समेत प्रदान गरिने कुरा कार्यक्रममा राख्नु भएको थियो। यस्तै जेष्ठ नागरिकको हेरचाह गर्ने तालिम प्रदान गरिने र त्यस्ता जनशक्तिलाई घर घरमा सेवा प्रदान गर्न परिचालित गरिने र परियोजनाको भवन तथा अन्य पुर्वाधार समेत बनाउने जस्ता महत्वकांक्षी योजना वडा अध्यक्षले कार्यक्रममा राख्नु भएको थियो।

उहाँले  कोरोना माहामारीलाई मध्यनजर गर्दै रोग प्रतिधात्मक क्षमता बढाउनको लागि बु.न.पा -१० ले वडाबाट जेष्ठ नागरिकको भत्ता लिने सबै जेष्ठ नागरिकलाई निशुल्क पाेषकतत्बजन्य सामाग्री वितरण गर्ने बताउनु भएको थियो। यस्तै बु. न. पा- १० जेष्ठ नागरिक संजालका अध्यक्ष उद्धव दाहालले वडाले सत्तरी काटेका करिब ३सय १८ जना जेष्ठ नागरिकलाइ निशुल्क च्यावनप्रास वितरण गर्ने कार्यक्रम रहेको बताउनु भयो।

Loading spinner