
लोक सेवाका परीक्षार्थीले खानेपानीकाे आफैंले व्यवस्था गर्नुपर्ने नयाँ मापदण्ड
काठमाण्डाै । लोक सेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड -२०७७ल्याएको छ।कोरोनाबाट सिर्जना हुन सस्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गरी आयोगबाट सञ्चालन हुने प्रतियोगिताम्क परीक्षालाई प्रभावकारी र व्यवस्थित सञ्चालन गर्न आयोगले यस्तो मापदण्ड बनाएको उल्लेख गरेको छ।आयोगले बुधबारदेखि नै सहसचिव, उपसचिव र कात्तिकमा शाखा अधिकृत लगायतको विज्ञापन गर्ने तयारीसहित यो मापदण्ड ल्याएको हो।
उक्त मापदण्डमा परीक्षार्थीमा कोरोना संक्रमण भएको भए परीक्षा केन्द्र प्रवेश गर्न नहुने उल्लेख छ।
’ ५ पेजमा समेटिएकाे उक्त मापदण्डमा ‘परीक्षार्थी कोरोना संक्रमण भए वा नभएको स्वयमले घोषणा गर्नु पर्नेछ। संक्रमित परीक्षार्थीले केन्द्रमा प्रवेश गर्न हुने छैन। मापदण्डमा स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने ,एक परीक्षा केन्द्रमा एक सय परीक्षार्थी राख्ने र एउटा कक्षामा बढीमा २५ जना परीक्षार्थी राख्ने गरी व्यवस्थापन गर्नुपर्ने,‘एक बेन्चमा एक जना परीक्षार्थी राख्ने र दुई परीक्षार्थी बीचको दूरी दुई मिटर हुने गरी व्यवस्थापन मिलाउने, लगायतकाे छ।
त्यस्तै परीक्षार्थी, केन्द्राध्यक्षलगायत सबैले मास्क अनिवार्य रूपमा लगाउनुपर्नेछ। परीक्षा केन्द्रमा २० थान मास्क र ५०० एमएल सेनिटाइजर र साबुनको व्यवस्था पनि आयोगले गर्दैछ।नक्कली परीक्षार्थी प्रवेश नहोस् भन्नका लागि आयोगले उम्मेदवारको दूरी कायम गरी मास्कसमेत खोल्न लगाई पहिचान गर्ने जनाएको छ।
‘उम्मेदवारसँगको दूरी कायम गरी मास्कसमेत खोल्न लगाई उम्मेदवारको पहिचान एकिन गरी उत्तरपुस्तिकामा सहायक केन्द्राध्यक्षले दस्तखत गर्ने,’ मापदण्डमा भनिएको छ।परीक्षार्थी परीक्षा सुरू हुनु एक घण्टा अघि नै केन्द्रमा पुगिसक्नुपर्नेछ। मास्क, सेनिटाइजर र आफ्नो लागि खानेपानी परीक्षार्थी आफैंले लैजानुपर्नेछ।
पहिलो चरणको परीक्षा सकिए पनि आयोगले कोरोना महामारीका कारण दोस्रो चरणका परीक्षा पनि स्थगित गर्दै आएको थियो। अब ती परीक्षा पनि सञ्चालनको तयारीमा आयोग पुगेको हाे।
सरकारले कोरोना महामारीकै बेला आयोगलाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएपछि यस्तो मापदण्ड बनाइएको हो।