लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन सुरु हुँदै

khabarwave
२३ फाल्गुन २०७७

काठमाडौं । केन्द्रीय लोक सेवा आयोगको आयोजनमा लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु हुँदै छ ।  सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच-पाँच जनाको प्रतिनिधित्व छ । सम्मेलन दुई दिनसम्म चल्ने छ ।राष्ट्रिय सम्मेलनमा प्रदेश र केन्द्रीय लोक सेवा आयोगसमेत गरी करिब ५० जनाको सहभागिता रहने छ ।

गण्डकी र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा लोक सेवा आयोग गठन भइसकेको छ ।सम्मेलनमा केन्द्रीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने छन ।

Loading spinner