लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री कोराेनाबाट संक्रमित

khabarwave
२३ आश्विन २०७७

काठमाण्डाै । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाइ कोराेना संक्रमण पुष्टि भएकाे छ । कोराना संक्रमण पुष्टि भएपछि उनका स्वकीय सचिव पवन कुँवरले सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेका हुन् । उनले भनेका छन – आन्तरिक मामिला तथा कानुन मन्त्री केसिज्युको पिसिआर परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएकोले उहाँसग सम्पर्कमा आउनुभएका सबैले चेक गराउनुहुन अनुरोध छ।
मन्त्री केसीले प्रदेशसभामा केहिदिन अगाडी प्रदेश सरकारको तर्फबाट प्रदेशको नाम र स्थायी मुकाम ताेक्ने सम्बन्धी प्रस्ताव संसदमा पेश गरेकाे भोलिपल्ट प्रदेशसभाका माननीयहरु उठाउनुभएको प्रश्नकाे जवाफ दिने सिलसिलामा विपक्षी माननीय सदस्य र मन्त्री केसीबीच धकेलाधकेल भएको थियो । केहीसमय भएको उक्त धकेलाधकेलपछि मन्त्री केसीले विरोध गर्ने माननियहरूलाइ पन्छाउँदै राेष्टमसम्म पुग्न सफल भएका थिए ।
लुम्बिनी प्रदेशमा पनि पछिल्लो समय काेराेना संक्रमण दर बढेर गएको छ ।

Loading spinner