प्रदेशसभा सचिवकाे अनुभब- कोरोनाको अनावश्यक हाउगुजी फैलाउन बन्द गराै

khabarwave
७ कार्तिक २०७७

 

नेपालमा १ लाख १५ हजार जना कोभिड(१९ बाट संक्रमित हुँदा प्रदेश सभाका ४८ जना माननीय, कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीहरूसँगै मेरो पनि पालो आयो । आज १३ दिनपछि एउटा निजी प्रयोगशालाले पिसिआर नेगेटिभ रिपोर्ट दिएको छ । अब म कोरोनाको ओखती भएँ । आवश्यकता अनुसार प्लाज्मा दान गर्न तयार छु । हाम्रो देशको स्वास्थ्य सेवा प्रणाली (अन्य प्रणाली समेत)को अवस्था अनुसार यो १३ दिने भोगाइको शिक्षा यस प्रकार छन् स्
१। खोप आउञ्जेल हामी नेपाली धेरै जनाको पालो आउन सक्छ ।
२। मास्क लगाउने र हात धुने काम जारी राख्नु पर्छ।
३। सरकारले रोगप्रतिरोधक क्षमता सम्बन्धी सचेतना बढाउने महाअभियान चलाउनु पर्छ।
४। महामारी चलुञ्जेल घरघरमा बालबालिका र ज्येष्ठ नागरिकलाई युवाहरूबाट सकेसम्म अलग राख्ने व्यवस्था गर्नुपर्छ।
५। व्यापक रूपमा अक्सिजन सिलिन्डर प्रयोग गर्न पाइने व्यवस्था गर्नुपर्छ।
६। कोरोनाले यति संक्रमित भए र उति मरे भन्ने प्रचार गर्न छोड्नु पर्छ।
७। कोरोनाको अनावश्यक हाउगुजी फैलाएर उपभोक्ता र माग वृद्धि गराई अवाञ्छित व्यवसाय फैलन दिनुहुन्न।
दुर्लभ  कुमार पुन  मगर ( सचिव, लुम्बिनी प्रदेशसभा )

Loading spinner