लुम्बिनी चेम्बर अफ कमर्समा पोखरेलकाे अध्यक्षतामा नयाँ नेतृत्व
काठमाण्डाै । लुम्बिनी चेम्बर अफ कमर्सको शनिबार सम्पन्न अधिवेशनले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट अध्यक्षमा टंक पोखरेल चुनिएका छन् भने उपाध्यक्षमा श्रीधर महरा , महासचिवमा जेपी कंडेल, कोषाध्यक्षमा युवराज न्यौपाने , र सचिवमा चिरञ्जीवी पोखरेल चयन भएका छन ।
मन्जु पराजुली र शिव ज्ञवाली कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । कमर्सका प्रदेश सस्यहरुमा जिल्ला चेम्बर अफ कमर्स क्षेत्रबाट उदयराज लम्साल (बर्दिया चेम्बर अफ कमर्स), यमकुमारी सुवेदी (नवलपरासी चेम्बर अफ कमर्स), मदन खड्का (प्यूठान चेम्बर अफ कमर्स), उपमहानगर चेम्बर अफ कमर्सबाट पदम पोखेरल (तुल्सीपुर उपमहानगर चेम्बर अफ कमर्स), नगर चेम्बर अफ कमर्स क्षेत्रबाट जयप्रकास गुप्ता (कृष्णनगर चेम्बर अफ कमर्स) , सुकदेव बेल्वासे (भूमिकास्थान चेम्बर अफ कमर्स), खिमबहादुर खत्री (प्रस्तावित सिद्धार्थनगर चेम्बर अफ कमर्स) र गाउपालिका चेम्बर अफ कमर्स क्षेत्रबाट उमानाथ घिमिरे ( रैनादेवीछहरा गाउँपालिका अफ कमर्स) निर्वाचित भएका छन् ।
निर्वाचनबाट १४ सदस्यीय प्रदेश समिति गठनका लागि जिल्ला चेम्बर अफ कमर्स क्षेत्रबाट ६ जना, उपमहानगर चेम्बर अफ कमर्सबाट १ जना, नगर चेम्बर अफ कमर्स क्षेत्रबाट ४ जना, गाउँपालिका चेम्बर अफ कमर्स क्षेत्रबाट २ जना र वडा चेम्बर अफ कमर्स क्षेत्रबाट १ जना चयन हुने र सोहीबाट पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ ।