लम्बोदरकाे रिट सर्वोच्चबाट खारेज ,अब थप अनुसन्धान हुने

khabarwave
२९ मंसिर २०७७

काठमाडौं । भक्तपुर इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेमाथि अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । न्यौपानेका भाइ निर्मलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट हालेपछि अनुसन्धान रोकिएको थियो । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजालासले न्यौपानेको रिट निवेदन खारेज गरेसँगै अनुसन्धानका लागि बाटो खुलेको हो ।

न्यौपानेले सर्वोच्च अदालतमा स्वामित्वको मुद्दा विचाराधीन भएको अवस्थामा सीआईबीले ठगीमा अनुसन्धान गर्न नमिल्ने दाबी गर्दै रिट निवेदन दिएका थिए । दुई वर्षअघि न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पद छोड्नुपरेको थियो ।

Loading spinner