
रूसमा कोभिडविरुद्ध खोप लगाउन शुरू,खोप लिन हजारौँ सर्वसाधारणहरू लाइनमा
काठमाण्डाै । रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिडविरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ ।खोपको रूस लगायतका स्थानमा सामूहिक परीक्षण तथा अनुसन्धान भइरहेको छ ।दुई पटक लगाउनुपर्ने खोप लिन हजारौँ सर्वसाधारणहरूले आफ्नो नाम दर्ता गरेका छन।
कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित स्पुत्निक–५ खोपको प्रयोग भइरहेको बताइएकाे छ ।खोप विकासमा संलग्न अधिकारीहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको र यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन् ।मस्को नगरप्रमुख सर्गे सोब्यानिनका अनुसार एक करोड ३० लाख जनसङ्ख्या रहेको मस्कोमा विद्यालय, स्वास्थ्य क्षेत्र र सामाजिक कार्यमा संलग्न मानिसहरूलाई प्राथमिकतामा राखी खोप सेवा उपलब्ध गराइएको छ ।