राष्ट्रपतिबाट  बंगलादेशको राजकीय भ्रमणमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुँदै 

khabarwave
८ चैत्र २०७७

काठमाडौं । भाेलीदेखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीबाट  बंगलादेशको राजकीय भ्रमण हुँदैछ ।  भ्रमणका क्रममा दुई देशबीच विभिन्न चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने  भएको छ ।

नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हस्ताक्षर हुने भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । सो सम्झौता अनुसार बंगलादेश रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनको लागि प्रयोग गर्न दिन सहमत भएको छ । बंगलादेशले नेपाललाई लामो समयदेखि पारवहन सुविधा प्रदान गर्दै आएको छ ।त्यस्तै नेपाल र बंगलादेशबीचमा स्यानिटरी र साइटो स्यानेटरीसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने भएको छ । यससम्बन्धी सम्झौताका लागि मन्त्रिपरिषदको वैठकले उद्योग, वाणिज्य र आपूर्ती मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ ।

राष्ट्रपतिकै भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम छ ।

 

Loading spinner