राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन-नेकपा नेता रावल

khabarwave
२१ कार्तिक २०७७

काठमाण्डाै ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन भएको बताएका छन् । उनले ट्वीट गर्दै नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै सक्रिय रहनु राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लघंन भएको बताएका हुन् ।उनले नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने उल्लेख गरेका छन् ।

उनले ट्वीटमा भनेका छन -नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनु भएको समाचार आइरहेको छ  । यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।

मंगलबार नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शीतलनिवास बोलाएर राष्ट्रपति भण्डारीले नेकपालाई विभाजन हुनबाट रोक्न भूमिका खेल्न आग्रह गरेकी थिइन् ।

Loading spinner