राजधानीलाई कोरोनाले घेर्यो, एकै दिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

khabarwave
३१ भाद्र २०७७

काठमाडौं । राजधानी काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्दै गएको छ । दिनदिनै रेडर्क तोड्दै संक्रमितको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ७३७ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ६५२, ललितपुरका ६० र भक्तपुरका ३५ जनालाई कोरोना पुष्टि भएको छ । उपत्यकामा एकैदिन धेरै संक्रमित देखिएको यो पहिलोपटक हो । आज देशभर १ हजार ५३९ जनालाई कोरोना पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ जना पुगेको छ । जसमध्ये ४१ हजार ७०६ उपचारपछि निको भएका छन् भने ३७९ जनाको मृत्यु भएको छ ।

Loading spinner