रअ का प्रमुख सुटुक्क बालुवाटार ,प्रधानमन्त्रीलाई भेटेको पुष्टि

khabarwave
६ कार्तिक २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले  बक्तव्य जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गरेका हुन् ।

भेटका क्रममा गोलयले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताएका छन् ।

रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएका थिए ।

 

Loading spinner