युवा संघले साइबर सेना युनिट निर्माण गर्ने

khabarwave
८ फाल्गुन २०७७

काठमाडौं । केपी ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालले साइबर सेनाको युनिट बनाइएको युनिट निर्माण गर्ने भएको छ ।शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा युवासंघले विभिन्न मिडियामार्फत चलाइएको भ्रम चिर्न साइबर सेनाको युनिट बनाइएको बताएकाे छ  ।संघले देशभर चुनावको अभियान चलाउने र ५ लाख युवालाई नयाँ सदस्य बनाउने दावी समेत गरेको छ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ-युवा संघ नेपालले युगीन उपलब्धीहरुको रक्षा, प्रयोग र विकास गर्न प्रत्येक तहको कमिटी प्रणालीमा छुट्टै साइबर सेनाको युनिट निर्माण गर्दै संघद्धारा निर्धारित आचारसंहिताभित्र रही एकढिक्का भई प्रतिकार गर्न युवाशक्ति परिचालन गर्नेछ ।युवा संघले केही कथित बौद्धिक अराजकतावादीहरुले देशमा अस्थिरता र अराजकता मच्चाउन खोजिरहेको आरोप लगाएको छ ।  No photo description available.

Loading spinner