यसकारण कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

khabarwave
२४ आश्विन २०७७

काठमाडौं । नेपाली कांग्रेसको २५ गते बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको शुक्रबार निधन भएका कारण बैठक स्थगित गरिएको बताइएकाे छ ।

पूर्व पदाधिकारीको निधन हुँदा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने परम्परा छ । प्रसाईको २३ असोजमा निधन भएकाले २५ गते कार्यालय बन्द हुन्छ ।

यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको थियो ।

बैठकको नयाँ मिति पनि तोकिएको छैन । त्यसैले दशैं अगाडि केन्द्रीय कार्यसमिति बैठक बस्ने सम्भावना कम हुँदै गएको बताइएकाे छ ।
Loading spinner