बागमती प्रदेश सरकारमा पहिराे , मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्तालगत्तै कांग्रेसले बाेलायाे संसदीय दलकाे बैठक

khabarwave
१० पुष २०७७

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएकाे छ । केन्द्रमा देखिएकाे राजनीति उथलपुथकाे असर प्रदेश सरकारमा पनि परेकाे छ ।

अविश्वासको प्रस्ताव दर्तासँगै बागमती प्रदेश कांग्रेस संसदीय दलले बैठक बोलाएको छ । प्रचण्ड–माधव समूहका ४५ जना सांसदहरुले मुख्यमन्त्रीविरुद्ध शुक्रबार नै प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक घटना क्रमबारे छलफल गर्न  चार बजे बैठक बोलाइएको हाे । यसैबीच बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् ।

आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार जनताप्रति जवाफदेहीविहीन बन्दै गएको र यही नेतृत्वमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्षसहित राजीनामा दिएको उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

 

Loading spinner