
मिर्मिरे लघुवित्तको नाममा थप २० लाख शेयर आँउदै
काठमाडौं।आइतबारदेखि शेयर बजारमा नयाँ कम्पनीकाे शेयर आँउदैछ ।नागबेली लघुवित्त गाभेको मिर्मिरे लघुवित्तको नाममा थप २० लाख कित्ता सेयर सूचीकृत भएको छ। मिर्मिरेको नाममा धितोपत्रको दोस्रो बजारमा सूचीकृत उक्त सेयरको कारोबार आइतबारदेखि खुला हुने नेपाल स्टक एक्सचेञ्ज नेप्सेले जनाएको छ।
मिर्मिरेको नाममा नागबेलीको कुल २० लाख ७ हजार १२३.६१५ कित्ता सेयर सूचीकृत भएको हो। नागबेली लघुवित्तलाई गाभेपछि भदौ ७ गतेदेखि मिर्मिरे लघुवित्तको नाममा एकीकृत कारोबार सुरु भएको थियो।
।