माटोको ढिस्कोले लियाे तीन जनाको ज्यान

khabarwave
२४ माघ २०७७

काठमाण्डाै ।  माटोको ढिस्कोले पुरिएर शनिबार कैलालीमा तीन जनाको मृत्यु भएको छ। माटोको निकाल्ने क्रममा माथिबाट ढिस्को खसेपछि उनीहरू १२ बजेतिर पुरिएका थिए।

जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाटास्थित कालीका सामुदायिक वन नजिक माटो खन्न गएका पाँच जनामध्ये १७ वर्षीया धनसरी सवाल र २० वर्षीय भावना वडको घनास्थलमै मुत्यु भएको छ।३० वर्षीया गंगादेवी जयगडीको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।उनका अनुसार माटोको ढिस्को परेर घाइते भएका १२ वर्षीय काजल सवाल र अन्जु जगयढीको टिकापुर अस्पतालमै उपचार भइरहेको छ।

 

Loading spinner