महामारीमा सहकारी संघसंस्थाले गर्ने बार्षिक साधारण सभा गर्ने सम्बन्धी मस्यौदा कार्यविधिको नमुना तयार
चालन सम्बन्धी नमुना कार्यविधि हस्तान्तरण
काठमाण्डाै। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून)ले कोभिड १९ को महामारीको विषम परिस्थितिमा सहकारी संघसंस्थाले गर्ने बार्षिक साधारण सभा गर्ने सम्बन्धी मस्यौदा कार्यविधिको नमुना गत बिहिबार राष्ट्रिय सहकारी महासंघलाई बुझाएको छ । साे कार्यक्रममा सहभागि हुँदै महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले नमुना कार्यविधिमा धेरै कुरा समेटिएको र यस विषयमा अभियानमा छलफल गरी छिट्टै निकास दिन सहकारी विभागलाई आग्रह समेत गर्नुभएकाे थियाे । उहाँले नेफ्स्कूनले बनाएको नमुना कार्यविधि समय सान्दर्भिक रहेको बताउँदै सबै विषयगत सहकारी संघसंस्थालाई लक्षित गरेर एउटा निकास दिनुपर्ने अवस्था रहेको समेत औल्याउनुभयो । सहकारी ऐन २०७४ अनुसार सहकारी संघसंस्थाहरुले आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र बार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने प्रावधान रहेको छ ।
साधारण सभा कसरी गर्ने भन्ने विषयमा विभागसँग महासंघले यस अघि पनि छलफल गरेको थियो । नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ललाई सो नमुना कार्यविधि हस्तान्तरण गर्दै संघले ३३ औं स्थापना दिवको अवसरमा सदस्य संघसंस्थालाई जारी गरिएको एकीकृत मार्गनिर्देशन २०७७ मा समावेश बुँदाहरु समेटेर कार्यविधि तयार पारेको बताउनुभयो । उहाँले वर्तमान अवस्थामा भौतिक रुपमा एकै पटक उपस्थित भएर साधारण सभा गर्न सक्ने अवस्था नभएकाले सो विषयमा नियामक निकायको निर्देशनको प्रतिक्षामा सहकारी अभियान रहेको छ । विभागले केहि दिन अघि विज्ञप्ती जारी गर्दै साधारण सभाको विषयमा अभियानसँग छलफल भइरहेकाले केहि समयमा निर्देशन जारी गर्ने बताएको थियो । सो अवसरमा मासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको उपस्थिति थियो ।
नेफ्स्कूनले सो नमुना कार्यविधि विभागलाई समेत बुझाएको बताइएको छ ।