महशुलमा २५ प्रतिशतसम्म छुट, बाेल्याे विद्युत् प्राधिकरण

khabarwave
१६ आश्विन २०७७

काठमाण्डाै ।    नेपाल विद्युत् प्राधिकरणले आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्डमा २५ प्रतिशतसम्म छुट दिने भन्रे समाचार गलत भएकाे जनाएकाे छ ।केही संचारमाध्यमले प्राधिकरणले आज एक सार्वजनिक सूचनामार्फत जरिवानाबाट बच्न तथा समय समेत बचाउन अग्रिम भुक्तानी गर्न , २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको भन्ने कराकाे खण्डन गर्दे सूचना जारी गरेकाे छ । उसले नियमानुसार ग्राहकले मिटर रिडिङ हुने दिन समेत गरि ७ दिन भित्र विल भुक्तानी गर्दा विल रकममा २ प्रतिशतमात्रै छुट पाइँदै आएको स्मरण गराएको छ।

Loading spinner