मन्त्रीहरूकाे शपथ कार्यक्रममा यसकारण उपराष्ट्रपति र प्रधानन्यायाधीश अनुपस्थित

khabarwave
११ पुष २०७७

काठमाडौं ।  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारकाे मन्त्रीहरूकाे शपथ कार्यक्रममा शीतलनिवास पुगेर सहभागिता जनाएका छन् । बिघटित प्रतिनिधिसभाका सभामुखकाे उपस्थितिलाइ लिएर चर्चा परिचर्चा शुरू भएकाे छ । सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति र प्रधानन्यायाधिश भने सहभागी भएनन् । उपराष्ट्रपतिले बिरामीको कारण देखाएर आउन नसकेको बताएका थिए । प्रधानन्यायाधीश भने मुद्दा मामिला परेका बेला यस्तो कार्यक्रममा जाँदा विवाद पर्ने भएकाले उपस्थित नभएको स्रोत बताउँछ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना पनि उपस्थित थिए । सपथ ग्रहण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख एवं अध्यक्ष सहभागी बन्ने प्रचलन छ । मन्त्रीहरुले सपथग्रहण गर्नुभन्दा अगाडि नै प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष शितलनिवासमा भेला भएका थिए ।

 

Loading spinner