मन्त्रिपरिषद् र सचिवालय बैठक एकै समय बाेलाइयाे,बैठक छल्ने रणनीति

khabarwave
३ मंसिर २०७७

काठमाण्डाै । प्नधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक  बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद‍्को बैठक बस्ने गरी बैठक बाेलाइएकाे बताइएकाे छ ।

आजै दिउँसो १ बजे नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक डाकेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद‍्को बैठक बोलाएका छन ।ओलीले सचिवालय बैठक चाहेका छैनन् भने प्रचण्ड समूहले जसरी पनि बैठक बस्ने अडान लिइरहेको बेला बैठक छल्ने रणनीतिका साथ ओलीले मन्त्रिपरिषद‍्को बैठक बोलाएको बुझिएको छ । नेकपा अध्यक्षद्वय प्रचण्ड र ओलीबीच सम्बन्ध बिग्रिएको बेला एकै समयमा दुई बैठक डाकिएको हो ।

 

Loading spinner