मन्त्रिपरिषदका २ बैठकका यस्ता छन १५ निर्णय,सचिवकाे पदस्थापनादेखि बिदेशीलाई निस्कासनसम्म

khabarwave
५ मंसिर २०७७

काठमाडौं ।मन्त्रिपरिषदकाे कात्तिक २७ र मंसिर ३ गतेको  बैठकले केही नियुक्ति र बढुवा गरेको छ । शुक्रबार सार्वजनिक  निर्णयअनुसार सहसचिव लीलादेवी गड्तौलालाई सचिवमा बढुवा भई नेपाल कानुन आयोगमा पदस्थापना गरिएको छ ।कात्तिक २७ र मंसिर ३ गतेको मन्त्रिपरिषद बैठकले बिभिन्न १५ वटा निर्णय गरेकाे छ ।
त्यस्तै डा. लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई राजपत्रांकित प्रथम श्रेणीमा बढुवा नियुक्ति दिई कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गत पदस्पथापना गर्ने निर्णय पनि  गरेको छ ।

अमेरिकाको सान डियागोमा कार्यरत अवैतनिक महावाणिज्यदूत ऋषि  ढकालको कार्यकाल २०७६ असोज २२ गतेदेखि लागू हुने गरी चार वर्षको लागि थप गर्ने र कोलम्बियाको बोगोटामा डा. सोराया स्टेला कारो भरगासलाई चार वर्षको लागि अवैतानिक नेपाली वाणिज्यदूत पदमा नयाँ नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष पदमा काठमाडौं महानगरपालिका वडा नं ३१ का उद्धवप्रसाद तिमल्सेना भएका छन्।

Loading spinner