मन्त्रिपरिषद बैठकबाट दर्जन सचिवहरुको हेरफेर, काे-कहाँ ?

khabarwave
२९ आश्विन २०७७

काठमाडौं । बिहिबार साँझ बसेकाे मन्त्रिपरिषद बैठकले करिब एक दर्जन सचिवहरुको हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम युवा तथा खेलकुद मन्त्रालय पुगेका छन  । युवा तथा खेलकुदका मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा भएकाे छ ।

प्रधानमन्त्री कार्यालयका सचिब यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  उनी केही समयअघि साेही मन्त्रालयको जिम्मेवारीमा थिए । त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । सिंहले यस अघि साेही मन्त्रालयमा काम गरिसकेका छन ।सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ ।

काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रिक्त सचिवमा सरूवा गरिरएकाे छ ।शहरी विकास सचिव मधुसुदन अधिकारीलाई काठमाडौँ महानगरपालिकामा लगिएकाे छ ।

 

 

Loading spinner