
भानु नगरपालिकाकाे बारेमा सर्वोच्च अदालतकाे यस्ताे आयाे आदेश
काठमाडौं । सर्वोच्च अदालतले तनहुँ जिल्लाको भानु नगरपालिकाको केन्द्र तत्काल अन्यत्र नसार्न अन्तरिम आदेश दिएको छ । अहिले कायम रहेको नगरपालिकाको वडा नम्बर २ बाट अन्यत्र सार्ने चलखेल भएको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल नसार्न आदेश दिएकाे हाे ।
न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले असोज १६ गते तत्काल अन्यत्र नसार्न अन्तरिम आदेश दिँदै छलफलका लागि दुवै पक्षलाई २९ गते बोलाएको छ ।नगरपालिकाको निर्णयविरुद्ध वडा नं. २ का अध्यक्ष अर्जुनबहादुर केसीले रिट निवेदन दर्ता गराएका थिए ।
नगरपालिकाको केन्द्र सार्ने विषयलाई लिएर स्थानीयले विरोध गर्दै आएका छन् ।