भत्ताको निर्णय फिर्ता लिन सरकारलाई काँग्रेसको निर्देशन

khabarwave
३ कार्तिक २०७७

काठमाडौँ । कोरोना संक्रमितको उपचारबाट समेत पछि हटेको सरकारले जनताका प्रतिनिधिलाई भने दशैं भत्ताले स्वागत गरेको छ । कोरोनाका कारण देशै आक्रान्त भएका बेला सांसदहरुलाई दशैं भत्ता खुवाउने निर्णयले चौतर्फी आलोना बढेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।

काँग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि आज बिहान निर्देशन दिएका हुन् ।

काँग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिएको निर्देशनबमोजिम आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले राससलाई जानकारी दिए । प्रमुख सचेतक खाँणले कोरोना सङ्क्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको बताए ।

उनले यस्तो सङ्कटका अवस्थामा कोरोना सङ्क्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

Loading spinner