भक्तपुर क्यान्सर अस्पताल सरकारीकरण

khabarwave
२४ मंसिर २०७७

काठमाडौं । सरकारले  भक्तपुर क्यान्सर अस्पताल विकास समितिका कार्यकारी निर्देशकमा भद्रपुर झापाका डा. विष्णुदत्त पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद बैठकले स्थानीय तह अन्तर्गत रहेका बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहतमा सारेको छ ।भक्तपुर क्यान्सर अस्पताल नेपाल अर्बुद राेग निबारण संस्थाले संचालन गर्दे अाएकाे थियाे ।

मंसिर १८ गते बसेको मन्त्रिपरिषद बैठकले दोलखाको चरिकोट अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलहर रत्ननगर अस्पताल र काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत रहने निर्णय गरेको हो ।

Loading spinner