बैंकहरूले कात्तिक १ गतेबाट लागू हुने गरी स्थिर ब्याजदर ताेके, यस्ताे छ ब्याजदर
काठमाण्डाै । बैंकहरूले कात्तिक १ गतेबाट लागू हुने गरी स्थिर ब्याजदर तोकेका छन ।नेपाल राष्ट्र बैंकले २०७७ असोज मसान्तभित्रमा एक वर्षभन्दा बढी अवधि भएको व्यक्तिगत प्रकृतिका आवधिक कर्जामा स्थिर ब्याजदर तोक्न निर्देशन दिएसँगै बैंकहरूले नयाँ ब्याजदर तोकेका छन् । बैंकहरूलाई केन्द्रीय बैंकले असोज मसान्तभित्रमा स्थिर ब्याजदर तोकेर कात्तिक १ गतेबाट लागू गर्न निर्देशन दिएको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले हायर पर्चेज कर्जा ५ वर्षका लागि साढे ९ प्रतिशत, घर कर्जाका लागि ९ देखि ११ प्रतिशत ब्याजदर, व्यक्तिगत कर्जाको ब्याजदर १० देखि ११ प्रतिशतसम्म तोकिएको छ । बैंकको असार मसान्तसम्मको आधारदर ५.८० प्रतिशत रहेको जनाएकाे छ ।सेन्चुरी बैंकले पाँच वर्ष अवधिको घर कर्जा ११.४९ प्रतिशत, १० वर्षका लागि ११.९९ प्रतिशत, १० वर्षभन्दा माथिका लागि १२.९४ प्रतिशत ब्याजदर कायम हुने जनाएको छ । यस्तै सवारी कर्जा र व्यक्तिगत कर्जाको ब्याजदर ११.९९ देखि १२.९९ प्रतिशतसम्म रहेको छ ।
नेपाल बङ्गलादेश बैंकले पाँच वर्षसम्म वा सोभन्दा बढी अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरदेखि १०.९९ प्रतिशतसम्म रहने जनाएको छ । यस्तै घर कर्जा ९.९ देखि ११.९ प्रतिशतसम्म रहनेछ ।
सिदार्थ बैंकले १० वर्षभन्दा माथि समयको घर कर्जामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै ५ वर्षभन्दा माथिको सवारी कर्जामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।कृषि विकास बैंकले १० वर्षभन्दा माथिको घरकर्जामा ११.२५ प्रतिशत स्थिर ब्याजदर तोकेको छ । यस्तै ७ वर्षसम्मको गाडी खरिदका लागि १०.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
प्राइम कमर्सियल बैंकले १० वर्षभन्दा माथिको घरकर्जामा साढे १२ प्रतिशत ब्याजदर छ । नबिल बैंकले १५ वर्षसम्मको घर र गाडीको लागि ११ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै ५ देखि १० वर्षसम्मका लागि १०.५० प्रतिशत ब्याजदर तोकेको छ ।ग्लोबल आईएमई बैंकले १५ वर्षसम्मको घरकर्जामा ११.९ प्रतिशत ब्याजदर तोकेको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकले सात वर्ष अवधिको गाडी किन्न १०.७५ प्रतिशत ब्याजदरमा ऋण दिनेछ । यस्तै घर कर्जाका लागि १० वर्षको ब्याजदर साढे १२ प्रतिशत छ । बैंकले ७.९९ देखि १३ प्रतिशत ब्याजदर तोकेको छ ।प्रभु बैंकले ५ वर्षसम्मको घरकर्जामा ९.९९ प्रतिशत र गाडी खरिदका लागि १०.२४ प्रतिशत ब्याजदर तोकेको छ । ५ देखि १० वर्षसम्मको घर कर्जाका लागि १०.९९ प्रतिशत र गाडीका लागि ११.२४ प्रतिशत ब्याजदर कायम गरेको छ ।नेपाल एसबीआई बैंकले १० वर्षभन्दा माथिको घरकर्जामा १४.५० प्रतिशत ब्याजदरमा लिनेछ । गाडी खरिदका लागि १० वर्षसम्मका लागि १४ प्रतिशत ब्याजदर तोकेको छ ।
लक्ष्मी बैंकले १ वर्षदेखि १५ वर्षसम्मको घर कर्जाका लागि ८.९ प्रतिशतदेखि १३.९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । एजुकेसनल कर्जामा पनि १ देखि १५ वर्षसम्म ८.४९ देखि १४.४९ सम्म ब्याजदर तोकेको छ । अटोलोनमा न्यूनतम ८.४९ देखि अधिकतम १३.९९ प्रतिशत ब्याजदर कायम गरेको छ । एनएमबी बैंकले घरकजाका लागि ९.४९ देखि १२.२४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । वातावरणमैत्री घरका लागि ०।५० प्रतिशत ब्याजदर कम हुने बैंकले जनाएको छ । व्यक्तिगत कर्जा १०.४९ देखि १३.२४ प्रतिशत सम्म छ ।स्ट्यान्डर्ड चार्टड बैंकले व्यक्तिगत कर्जा ५ वर्षसम्मका लागि १३ प्रतिशत ब्याजदर, सवारी साधन कर्जा १०..५ प्रतिशतदेखि ११.७५ प्रतिशतसम्म, घर कर्जा १०.७५ देखि १३.७५ प्रतिशत सम्म ९५ देखि १० वर्षसम्मको० रहेको छ ।
बैंक अफ काठमान्डुले घर कर्जा १० वर्षदेखि १५ वर्षसम्मका लागि० १०.९८ प्रतिशतदेखि १२.९८ प्रतिशतसम्म ताेकेकाे छ।हिमालयन बैंकले घर कर्जा ५ देखि १५ वर्ष अवधिका लागि उपलब्ध गराउनेछ । ५ वर्षको लागि ९.९९ प्रतिशत, १० वर्षसम्मका लागि १०.९९ प्रतिशत, १२ वर्षसम्मका लागि १२.४९ प्रतिशत रहेको छ । हायर पर्चेज कर्जा ९.९९ प्रतिशतसम्म छ । व्यक्तिगत कर्जा ९.९९ प्रतिशतसम्म रहेको छ ।
मेगा बैंकको घरकर्जाका लागि बेस रेटमा ५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । यसको अटो लोन, शैक्षिक कर्जा, व्यक्तिगत कर्जा सबैका ५ प्रतिशत तोकिएको छ । माछापुछ्रे बैंकले घरकर्जा ५ वर्षसम्मका लागि ९.८९ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १०.८९ प्रतिशत र १० देखि माथिका लागि ११.८९ प्रतिशत ब्याजदर तोकिएको छ ।