बिहानै ५ः१९ बजे ६ रेक्टर स्केलको भूकम्प

khabarwave
३१ भाद्र २०७७

काठमाडौं । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ।
भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ५ः१९ बजे आएको भूकम्पकाे पराकम्पले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।यसले पारेकाे क्षतिका बारेमा यकिन बिबरण प्राप्त भएकाे छैन ।अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का  महसुश भएको थियो ।   पछिल्लो समय ५   रेक्टर स्केलसम्मका भूकम्प गइरहेपनि सो भन्दा माथिका भूकम्प लामो समयपछि गएको हो ।

 

 

Loading spinner