बालुवाटारमा प्रचण्डसहितका पाँच नेतासँग ओली जंगिए ,भने- मेरा विरुद्ध गुटबन्दी गर्ने बैठक बोलाउन्नँ

khabarwave
२२ कार्तिक २०७७

काठमाण्डाै । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे बिवादले सहमति  भन्दापनि झन नयाँ माेड लिएकाे छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित सहमति मागेपनि  छन् ।

कोभिड(१९ को संक्रमण र त्यसले पैदा गरेको स्वास्थ्य तथा आर्थिक संकट, स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा र पार्टीमा उत्पन्न संकटबारे छलफल गर्न सचिवालय बैठक बोलाउनुपर्ने पाँच नेताको धारणा रहेकाे छ ।

कार्यकारी अध्यक्ष् प्रचण्डले बारम्बार आग्रह गर्दा पनि बैठक हुन नसकेको भन्दै श्रेष्ठले भने, ‘अध्यक्ष ओलीले बैठकबारे आज निष्कर्ष दिनु भएको छैन । हामीले सकभर भोलि नै, नभए पर्सिसम्म बैठक बसेर गम्भीरतापूर्वक छलफल गरौं भनेका छौं ।

सचिवालयका एक नेताका अनुसार बालुवाटारमा पुगेका प्रचण्डसहितका नेताहरुसँग ओली आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले आफूविरुद्ध ५ नेताले गुटबन्दी गरेको गम्भीर आरोप लगाएका थिए भने भने आफूले कुनै पनि हालतमा बैठक नबोलाउन भन्दै जंगिएका थिए ।

‘म बैठक बोलाउन्नँ । किन बोलाउने रु मेरा विरुद्ध गुटबन्दी गर्ने रु मलाई असफल पार्न खोज्ने रु’ ओलीको आक्रोश थियो । ओलीले आफूलाई सँधै अफ्ठारोमा पार्ने काम पार्टीभित्रै बाट भइरहेको भन्दै जनमतको अपमान नगर्न समेत चेतावनी दिए ।

प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठले शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बस्नुपर्ने बताएका छन । अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर लिखित रुपमा सचिवालय बैठकका लागि सहमतिका निम्ति आग्रह गरेकाे प्रवक्ता श्रेष्ठले बताएका छन ।

 

 

Loading spinner