बामदेबले बालुवाटार पुगेर ओलीलाई भने-प्रचण्ड र माधवलाई गालि गरेर झन झगडा  बढछ्

khabarwave
३० कार्तिक २०७७

काठमाण्डाै । पार्टी अध्यक्ष  प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिनुपर्ने अध्यक्ष केपी ओलीपक्षीय नेताहरुको भनाई रहँदै आएको अबस्थामा आइतबार बिहान बालुवाटारमा   उपाध्यक्ष वामदेव गौतमले ओलीलाई पार्टीभित्र देखिएका समस्याको समाधान बैठकबाटै खोज्न सुझाव दिएका छन् ।  स्राेतकाअनुसार  बिहान बालुवाटारमा अध्यक्ष ओलीसँगको भेटवार्तामा उपाध्यक्ष गौतमले प्रचण्ड वा माधव नेपाललाई गालि गरेर समस्याको समाधान नहुने भ न्दै बैठक बसेर प्रस्तावका बारेमा छलफल गर्दै अघि बढ्न सकिने अवस्था कायमै रहेको जनाएका छन् । गालि गरेर समस्याको समाधान नहुने भ न्दै यसले त झन झगडा  बढने ,समाधान भनेको बैठक बसेर प्रस्तावहरुमाथि बैठकमा छलफल गर्न  सकिने गौतमको भनाई थियाे ।

अध्यक्ष ओलीले आइतबार बिहान छलफल गर्न भन्दै गौतमलाई बालुवाटार बोलाएका थिए ।  खासगरी ओलीले प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता नलिए समस्या बढ्दै जानसक्ने भन्दै प्रचण्डलाई त्यसबारे कन्भिन्स गर्न गौतमलाइ आग्रह गरेका थिए ।‘मैले तपाईलाई यहाँ बोलाउनुको कारण पार्टीभित्र देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर हो रु यसमा तपाईकको धारण को हो ’, ओलीले गौतमलाई सोधेका थिए । जवाफमा गौतमले ‘प्रचण्डलाई वा माधवलाई गालि गरेर समस्या समाधान हुँदैन । प्रचण्डसहित ५ जना नेता नै प्रस्तावको पक्षमा उत्रिएपछि ओली आफु अल्पमतमा परेको महशुस गर्दै आएका छन् ।

Loading spinner