बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद बैठक, मन्त्रीकाे राजिनामा, बिदाई र बामदेबकाे सिफारिश हुँदै

khabarwave
१९ भाद्र २०७७

 

काठमाण्डाै। बालुवाटारमा अहिले आकस्मिक मन्त्रिपरिषद बैठक बाेलाईएकाे छ ।   शुक्रबार बिहान ११ बजे बस्ने भनिएकाे   मन्त्रिपरिषद बैठकमा युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिने बताईएकाे छ। राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन् ।

राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुने र त्यसका लागी मन्त्रालयले तयारी गरेकाे बताईएकाे छ । त्यसपछि अहिलेसम्म आफुले गरेका कामकारवाहीका बारेमा सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्ने कार्यक्रम राखिएकाे छ ।त्यस्तै बैठकले नेकपा उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रियसभाकाे रिक्त सदस्य पदमा मनाेनयकालागि राष्ट्रपतिलाई सिफारिश गर्नै छ ।

 

Loading spinner